चितवन : इटहरी निवासी पत्रकार तथा समाजसेवी पवन अधिकारी कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय सल्लाहकारमा मनोनीत भएका छन्।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारी र महासचिव चिरञ्जीवी अधिकारीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारीलाई सल्लाहकार पदमा मनोनयन गरिएको उल्लेख गरिएको छ।
अधिकारी सञ्चार क्षेत्रका साथै सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय व्यक्तित्व हुन्। उनी लामो समयदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन्। साथै, वंश परम्परा संरक्षण, इतिहास र संस्कृति सम्बन्धी विषयमा समेत उनको विशेष चासो रहेको छ।
वंश प्रतिष्ठानले परम्परा, इतिहास, संस्कृति र मुल्य–मान्यताका विषयमा कार्य गर्दै आएको छ। अधिकारीको मनोनयनले प्रतिष्ठानको कार्यगत प्रभावकारिता अझ सशक्त हुने विश्वास गरिएको छ।
यो निर्णय प्रतिष्ठानको केन्द्रीय कार्यालय चितवनमा चैत्र ३ गते सम्पन्न सचिवालय बैठकबाट गरिएको हो। सोही बैठकले कल्पना अधिकारीलाई समेत सल्लाहकारमा मनोनयन गरेको छ।
यस्तै, प्रतिष्ठानको केन्द्रीय महाधिवेशन चैत्र ३० गते नवलपुरको गैँडाकोटमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया