१० महिनामा साढे दुई करोडभन्दा बढी पुरुष कन्डम आयात

विहीबार, ०८ जेठ २०८२

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा साढे दुई करोडभन्दा बढी पुरुष कन्डम आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा देशमा दुई करोड ५३ लाख ७१ हजार ५३४ थान पुरुष कन्डम भित्रिएका छन्।

उक्त परिमाणको कन्डम आयातमा १८ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोवार भएको देखिन्छ।

यो आयातबाट सरकारले जम्मा सात हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको विभागको तथ्यांकमा उल्लेख छ।

कन्डम आयातको मात्रा र मूल्य उच्च भए पनि प्राप्त राजस्व अत्यन्त न्यून देखिनु नीतिगत कारण वा कर छुटजस्ता व्यवस्थाका कारण हुनसक्ने देखिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार