महेन्द्रनगर : कञ्चनपुरमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरमाथि कालो मोसो दलिएको छ।
बिहीबार दिउँसो ४ जना अपरिचित व्यक्तिहरूको समूहले कार्यालयमै पुगेर ठाकुरको मुखमा कालो मोसो दलेर फरार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी खड्कबहादुर खत्रीले कालो मोसो दलिएको पुष्टि गर्दै आरोपित समूहको पहिचान खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको बताए।
यसबीच, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठन नेपालका केन्द्रीय सचिव दीपेन्द्र सिंह ऐरीले सामाजिक सञ्जालमार्फत यो घटनाको जिम्मा लिँदै ‘विगत लामो समयदेखि भ्रष्टाचारमा लिप्त रहेका ठाकुरमाथि चेतावनी स्वरूप जनकारबाही गरिएको’ बताएका छन्।
प्रतिक्रिया