विराटनगर : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रका नेतृत्वकर्ताहरूसँग भेट गर्दै वित्तीय चुनौतीहरूका विरुद्ध एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँग भएको भेटमा गभर्नर पौडेलले वर्तमान आर्थिक चुनौतीहरू समाधान गर्न साझा प्रयासको आवश्यकता औंल्याए।
भेटका क्रममा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै समस्याहरूको समाधानका लागि लागिपर्नुपर्ने धारणा राखे।
संघका पदाधिकारीहरूले भने बैंकिङ्ग क्षेत्र हाल केही समस्यामा परेको जनाउँदै त्यसको समाधानका लागि नेपाल राष्ट्र बैंकबाट थप सहजीकरण र सहयोगको अपेक्षा व्यक्त गरे। उनीहरूले बैंकिङ प्रणालीलाई अझ सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन निरन्तर सहकार्यको आवश्यकता औंल्याएका थिए।
प्रतिक्रिया