काठमाडौं : ग्रेस इन्टरनेशनल एजुकेशन माइग्रेशनले एसइई तथा प्लस टु उत्तीर्ण विद्यार्थीहरूका लागि ‘दिपेन्द्र सिंह ऐरी छात्रवृत्ति’ योजना ल्याएको छ।
यस छात्रवृत्तिमार्फत योग्य विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइनेछ, जसले उनीहरूको प्लस टु वा डिप्लोमा तहको अध्ययन सहज बनाउने लक्ष्य लिएको छ।
ग्रेस इन्टरनेशनलले यस छात्रवृत्तिलाई नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीको सम्मानमा सुरु गरेको हो।
संस्थाका अनुसार शिक्षा कुनै विशेषाधिकार नभई सबैको अधिकार हो भन्ने मान्यताका साथ ऐरीजस्तो प्रेरणादायी खेलाडीको सम्मान गर्दै भविष्यका सम्भावनालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।
छात्रवृत्तिका लागि देशभरका एसइई उत्तीर्ण विद्यार्थीहरू तथा प्लस टु पास गरेर डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ २० गते तोकिएको छ।
प्रतिक्रिया