रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मंगलबारदेखि सुरु भएको सुनुवाइ शुक्रबार सम्पन्न भएको हो । अब उक्त रिटमा आदेश आउन बाँकी छ।

शुक्रबारको सुनुवाइमा लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिने कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस गरेका थिए।

त्यसपश्चात लामिछाने र जोशीको पक्षबाट अधिवक्ता सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशपछि उनी हाल रुपन्देही जिल्ला कारागारमा रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार