हुम्लामा हिमतालमा फुटेको स्थानमा पुग्यो प्रहरी, दियाे राहत (फाेटाेफिचर)

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ :  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्धार टोली पुगेको छ ।

गत जेठ १ गते  नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथि रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुर्‍याएको एक साता पछि नेपाल प्रहरी सो स्थानमा पुगेको हो । 

प्रहरीका अनुसार लघु जलविद्युत पावर हाउस, पानी घट्ट, तिला गाउँ र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङ्की, सिचाई कुलो समेतमा क्षति भएको तथा खोला नारमा रहेको तिल गाउँ बस्ती रहेको जमिन चर्किन गई बसोबास गर्न जोखिमयुक्त रहेको जनाएको छ।

प्रहरी टोली खटिई गाउँमा रहेका जोखिम युक्त घरधुरीका मानिसहरूलाई उपलब्ध स्रोतसाधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

newskarkahna-news857487.newskarkahna-news857485.newskarkahna-news857484.newskarkahna-news857483.

newskarkahna-news857482.newskarkahna-news857481.newskarkahna-news857480.

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार