मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महसुस गरेको छु -जगदीश खरेल

आइतबार, २३ कार्तिक २०८२
तस्बिर : फाइल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।

आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खरेलले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महसुस गरेको बताएका हुन् । उनले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिएँ, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महसुस गरेको छु ।’

उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए ।

कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । उनले भने, ‘जब मैले राजनीतिमा पाइला राखें, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौं र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार