एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

मंगलबार, ०२ साउन २०८०
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ । बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको पार्टीका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए । यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार