विराटनगर । कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएकी छन् । मोरङको उर्लाबारीमा आज पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
भ्रष्टाचार र सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कार्वाही हुनु पर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै उनले सहमति र सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्थामा संसद अवरुद्ध गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरिन् ।
संसद अवरुद्ध गरेर कुनै निकास नहुने बताउँदै उनले संवादबाट समस्या सुल्झाउन एमालेलाई आग्रहसमेत गरिन् ।
सुन तस्करी होस् वा कुनै पनि भ्रष्टाचारको विषयमा दोषी देखिएकालाई तथ्यका आधारमा कार्वाही गर्नु पर्छ भन्ने कुरामा कांग्रेस अडिग रहेको उनले बताइन् ।
प्रतिक्रिया