जनअपेक्षा अनुसारका काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह

मंगलबार, १९ भदौ २०८०
बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय गरेर जनअपेक्षा अनुसारका काम गर्न तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह आग्रह गरेका छन् । नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिको आयोजनामा स्थानीय रामजानकी मन्दिरमा आयोजित गाउँ सम्मेलनलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै आङदेम्बेले संगठन निर्माणको आधार जनप्रतिनिधि पनि भएको बताउँदै आपसी समन्वयमा काम गर्न आग्रह गरेका हुन् । जनप्रतिनिधि र पार्टी नेतृत्वबीच समन्वय नभएको गुनासो सुनिन थालेको बताउँदै उनले यस्तो आग्रह गरे । बार्सिक क्यालेन्डर बनाएर पार्टीका गतिविधिहरुलाई नियमित एवं क्रियाशील बनाउन आग्रह गर्नुभएका नेता आङदेम्बेले नियमित कार्यक्रमले संगठन सुदृढीकरण र कार्यकर्ताको क्रियाशिलता बढ्ने बताए । कार्यक्रममा विशेष अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पार्टीका कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, शोभा श्रेष्ठ नेम्बाङ, झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला प्रतिनिधि दीपक तामाङ लगायत जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि एवं क्रियाशिल सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा गाउँ समितिले हालसम्म गरेका कार्यक्रम एवं आगामी कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै गाउँ सभापति चक्र शेर्माले मेलमिलाप दिवस, पार्टीका संस्थापक नेताहरुको स्मृति एवं जन्मजयन्ती, तरुण, महिला, कृषक, ब्यवसायी लक्षित कार्यक्रम, जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गरिने जानकारी दिए । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउन खबरदारी गर्ने एवं राम्रा काममा सहकार्य गर्ने जनाइएको प्रतिवेदनमा विपद् एवं संकटपूर्ण घडीमा उद्धार, राहत कार्यक्रम सञ्चालन गर्ने तथा वडा र गाउँस्तरीय विभागीय समितिहरु गठन गर्ने जानकारी दिए । सभापति शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति मदन प्रसाई र सञ्चालन सचिव कृष्ण खतिवडा र मदन मगरले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार