कांग्रेसले बुझायो प्रधानमन्त्रीमार्फत भूकम्प पीडितलाई ५० लाख

मंगलबार, २१ कार्तिक २०८०
काठमाडौं । नेपाली कांग्रेस र एकीकृत समाजवादीले भूकम्पपीडितका लागि दिने भनेको राहत रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका हुन् । त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि २५ लाख रुपैयाँको चेक बुझाएका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि उनीहरुले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार