प्रकासपुर बजारमा अखाद्य सामग्री बेचबिखन – नगरपालिकाद्धारा अनुगमन तीब्र

बुधबार, २२ कार्तिक २०८०
वराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वको समयमा हुनसक्ने कालोबजारी रोक्न नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको हो । यसै क्रममाा वुधवार नगरपाालिकाले प्रकासपुर बजारको अनुगमन गरेको छ । सो क्रममा बजारमा अखाद्य सामग्री फेला परेको थियो । बजारमा पाइएका अखाद्य सामग्री जफत गरिएको छ । उपभोक्ताको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई जोड दिइएको हो । अनुगमनका क्रममा प्रकाशपुर बजारमा रहेको पसलहरुबाट म्याद सकिएका खाद्यन्न तथा बिग्रिएका पेय पदार्थह बिक्री बितरण भइरहेको फेला परेको थियो । नगरपालिकाले प्रतिवन्ध लगाएकाो २० माइक्रोनभन्द्या कम तौल भएका प्लाष्टिक झोला समेत ठूलाो मात्रामा बरामद गरेको अनुगमन समिति संयोजक एवम नगरकी उपप्रमुख नन्दकुमारी सुनुवारले बताईन । त्यस्ता सामग्री बिक्री गर्नेहरुलाई कारवाही स्वरुप जरिवाना गरिएका छ । बजार अनुगमन टोलीले रामधुनी सुपरमार्केट,दिपशिखा किराना पसल,शाह किराना पसल लगायत आधा दर्जन बढी पसलहरुबाट अखाद्य बस्तुहरु फेला पारेको थियो । अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य संघका कोषाध्यक्ष तुलसी श्रेष्ठ, उपभोक्ता मञ्चका प्रतिनिधि,नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार