काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार (दीपावली) आजदेखि सुरु भएको छ । आज शुक्रबारदेखि यमपञ्चक सुरु भएको हो । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।
दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।
प्रतिक्रिया