एमाले खोटाङ–काठमाडौं सम्पर्क समितिद्वारा शुभकामना र देउसी कार्यक्रम

आइतबार, २६ कार्तिक २०८०
काठमाडौं । नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । आज काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरिएको हो । उक्त कार्यक्रममा नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज रोक्काले खोटाङका बासिन्दालाई गोलबद्ध गर्नको लागि कार्यक्रम आयोजना गरेको बताए । उनले भने, ‘खोटाङ जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्नेहरुको उल्लेख्य उपस्थितिमा सबैलाई गोलबद्ध गर्दै यो कार्यक्रमको आयोजना गरेका हौ । खोटाङका आम कार्यकर्ताहरुबीच कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौ ।’ कार्यक्रममा विभिन्न विभागका सदस्य, केन्द्रीय कमिटीका सदस्यलगायत नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार