इटहरी । काश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान सुनसरीले यस बर्ष सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । देशभरीका अधिकारीहरु एक हौ भन्ने नाराका साथ संस्कृतिलाई जगेर्ना गर्दे आपसी भाईचारा कायम गर्नका लागि आज सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका सुनसरी सचिब रमेश अधिकारीले बताए ।
इटहरी ६ स्थित बिपि चोकमा रहेको जिल्लाको कार्यलयमा आज भेला भएर सामुहिक देउसी भैलो कार्यक्रम गरिने सचिब अधिकारीले बताए । देउसी भैलो कार्यक्रममा सुनसरी जिल्लामा छरिएर बसेका काश्यप गोत्रिय अधिकारीहरुको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ ।देउसी भैलो कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष शान्तिबहादुर अधिकारी,केन्द्रिय सल्लाहकार प्रदिप अधिकारी सहित केन्द्रिय पदाधिकारीहरुको समेत सहभागिता रहने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष लिलाराज अधिकारी बताए ।
प्रतिक्रिया