तमु ल्होसारको अवसरका बिभिन्न कार्यक्रम

आइतबार, १५ पुस २०८०
इलाम : तमु ल्होसारको अवसरमा इलाममा बिभिन्न कार्यक्रम जारी छ । गुरुङ जातिको महान् पर्व ल्होसारको अवसरमा जिल्लामा सांस्कृतिक उत्सव नै सञ्चालन गरिएको हो । उत्सवको अवसरमा इलाम टँुडिखेलमा भेट्रान फुटबल प्रतियोगिता सहित जातीय खाद्य परिकार, परम्परागत भेष भूषा, भेडाका उनबाट बनेका सामाग्रीहरू सहितको स्टल समेत राखिएको छ । संस्कार र संस्कृतिको संरक्षणमा सहित सहअस्तित्व जगाउने उद्देश्यले उत्सवकै रूपमा यसलाई मनाइएको समुदायका हरि गुरुङले बताए । उनका अनुसार जातीय पहिचान झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । सामूहिक रूपमा यो पर्व मनाइएको हो । गुरुङ समुदायमा घरघरमै ल्होसार मनाउने चलन भए पनि यस वर्ष सामूहिक रूपमा समेत यो पर्व मनाइएको हो ।                           जातिय पोशाकमा सजिएका युवतीहरु इलाम चियाबारीमा तस्विर खिचाउँदै । गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षका रूपमा मनाउने गरेको छ । सोही परम्पराअनुसार तमु ल्होसार मनाइने गरिन्छ । यस वर्ष तीन दिन बिभिन्न कार्यक्रम गरी यो पर्व मनाइएको महोत्सव आयोजक समितिकी संयोजक पविमाया गुरुङले बताइन् । १४ गते रातको १२ बजे पछि हिल्हो (बिरालो वर्ष) को बिदाइ र मुप्ही ल्हो (गिद्ध वर्ष) को स्वागत गरी ल्होसार मनाइएको छ । १२ वटा जनावरको नामबाट वर्षको नामकरण गरिएको र सोही अनुसार नयाँ वर्ष मनाउने गरिएको छ । इलाममा करिब नौ हजार गुरुङ जातीका मानिसहरूको बसोबास रहेको बताइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार