नयाँ गठबन्धनले दुवै सदनको बैठक प्रभावित, राष्ट्रिय सभा बैठक बिहीबारसम्मलाई स्थगित

सोमबार, २१ फागुन २०८०
काठमाडौं । नयाँ सत्तागठबन्धन बनेसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । नवनिर्वाचित सदस्यहरुको शपथलगत्तै सोमबार बैठकको तयारी भएको भए पनि सत्तागठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय सभा बैठक स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना निकालेर राष्ट्रिय सभा बैठक फागुन २४ गते बिहीबार दिउँसो १ः१७ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको हो । राष्ट्रिय सभा बैठक सोमबार १स्१७ बजेका लागि बोलाइएको थियो । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर बिहीबार नै बस्ने गरी स्थगित भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार