काठमाडौं / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको हाे।
बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने माओवादीको तयारी छ।
प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरणको कसरत गरिरहेकाले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।
उनले सोमबार संसद बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मतलगायत समसामयिक विषयमा आजकाे बैठकमा छलफल हुने माओवादीले जनाएको छ।
प्रतिक्रिया