आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपालले पपुवा न्यु गिनीको सामना गर्दै छ ।
आजदेखि यूएईमा सुरु हुने त्रिकोणात्मक शृङ्खलामा नेपाल, यूएई र पपुवा न्यु गिनीबिच्स प्रतिस्पर्धा हुने छ ।
शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्न लागेको हो । नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा
खेल सुरु हुनेछ ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ ।
प्रतिक्रिया