आईसीसी क्रिकेट विश्वकप लिग टू: नेपालद्वारा पीएनजी ४ विकेटले पराजित

सोमबार, १५ फागुन २०७९
काठमाडौ  । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा सुरु भएको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ ।  पपुवा न्युगिनीलाई नेपालले ४ विकेटले पराजित गरेको हो । युएइमा पहिलो जित भए पनि लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै खेलमा  जित हासिल गरेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार