१३ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता फाकफोकथुममा हुने

मंगलबार, १६ फागुन २०७९
इलाम / १३ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता यस वर्ष इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ गतेदेखी २५ गतेसम्म हुने प्रतियागिता सिंहदेवी माविको खेल मैदानमा हुने भएको हो । आयोजकले सदरमुकाममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा ६ खेल समावेश गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आफ्नै लगानीमा रग्वी खेल खेल आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि गाउँपालिका समेत लागेको छ । यस वर्ष देखी ग्र्रामिण भेगमा प्रतियोगिता गर्न लागिएकाले चुनौती समेत थपिएको समितिका अध्यक्ष खगेन्द्र बास्तोलाको भनाई छ । उनले संघियता कार्यान्वयन गराउन पनि सदरमुकाम भन्दा बाहिर प्रतियोगिता गर्न लागिएको जानकारी दिए । केन्द्रले प्रतियोगिता गर्न निर्देशन दिए पनि प्रतियोगिताका लागि आवश्यक वजेट बिनियोजन नगर्दा समस्या हुने गरेको छ । यस वर्ष फाकफोकथुम गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न ब्यवस्थापकिय पक्ष जिम्मा लिएकाले सो पालिकामा प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले बताए । उनले आगामी वर्षबाट पनि यो प्रतियोगिता जिल्ला सदरमुकाम बाहिर नै सञ्चालन हुने जानकारी दिए । प्रतियोगिता सम्पन्न गराउन जिल्ला स्थित राजनैतिक दल, संघसंस्था लगायतसँग आयोजकले सहयोगका लागि अपिल समेत गरेको छ । ्खेलाडी, पर्यबेक्षक र विद्यालयका शिक्षक कर्मचारी गरेर एक हजार बढिको सहभागिता रहने आयोजकले बिश्वास राखेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार