एफए कप:म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

बुधबार, १७ फागुन २०७९
म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा फिल फोडेनले दुई तथा केभिन डि ब्रुएनाले एक गोल गरे । मंगलबार राति भएको खेलमा सिटीले खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि दवाव दिएको थियो । सीटीले खेलको सातौं मिनेटमा अग्रता लिन सफल भएको थियो । फिल फोडेनले रियाद महारेजको पासमा गोल गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । ब्रुएनाले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए । यस्तै ब्राइटन, ब्ल्याकबर्न र फुलहमले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार