नेपाल र युएईको निर्णायक खेल आज, जिते विश्वकपमा

विहीबार, १८ फागुन २०७९
आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले युएईसँग निर्णायक खेल खेल्दैछ। नेपाली समय अनुसार १०ः ४५ मा हुने खेलआजमानमा रहेको इर्डेन गार्डेन ओभलमा हुनेछ। यस खेलमा विजयी टोलीले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने पक्का भएको छ । पराजित टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ । नेपाल र युएई दुबै अपराजित रहेका छन् । युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो । नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२-३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार