कोपा डेल रे: रियलको मैदानमा बार्साको जित

शुक्रबार, १९ फागुन २०७९
स्पेनीस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।  बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले जित हात पारेको हो । रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए । युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ । रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार