आईसीसी क्रिकेट विश्वकप लिग टु :नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

शुक्रबार, १९ फागुन २०७९
काठमाडौ । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंला अन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दै छ ।  आज नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउसो पौने १२ बजेबाट खेल सुरु हुनेछ । बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा हुने छ । लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यदि नेपाल आजको खेलमा पराजित भए शीर्ष तीनको सम्भावना समाप्त हुने छ । लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ । ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार