चैत १ गते इटहरीमा प्रदेशस्तरीय ‘ह्वीलचियर रन’

शुक्रबार, १९ फागुन २०७९
इटहरी । चैत १ गते अपाङ्गता भएका व्यक्तिहरुबीच ‘चौथो ह्वीलचियर रन प्रतियोगिता’ हुने भएको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । १५औँ अन्तर्राष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर कोशी प्रदेशका सबै जिल्लामा बसोबास गर्ने अपाङ्गता भएका ह्वीलचियर प्रयोगकर्ताबीच प्रतिस्पर्धा गराइने संघका प्रदेश अध्यक्ष बिक्रम घिमिरेले जानकारी दिए । बिहान ८ बजे सुरु हुने प्रतियोगिता इटहरीको मुख्य चोकदेखि उत्तर दुई किलोमिटरसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अपाङ्गता भएका व्यक्ति लामो समय घर बाहिर निस्कन नसक्ने र बाहिरी समाजसँग घुलमिलको मौका नहुने भएकाले एक्लो महसुस गर्ने गरेका छन् । यो कार्यक्रमले उनीहरुलाई समाजमा चिनाउन तथा आत्मबल प्रदान गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिताका सहभागीलाई आउजाउ र खान बस्न खर्च दिइने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार