विभिन्न विधामा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड प्रदान गरिने

सोमबार, ११ चैत्र २०८१
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले काठमाडौंमा पाँचौं ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ को विशेष समारोह आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फोटो पत्रकार समूहले आगामी २०८२ साल वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर पाँचौं ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ को विशेष समारोह आयोजना गर्न लागेको जानकारी गराएको हो । यस कार्यक्रममा देश तथा विदेशमा रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकारको उच्च मनोबल वृद्धिको लागि प्रोत्साहन स्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मान पत्र प्रदान गर्न लागिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड २५ हजार नगद, ट्रफी र सम्मान पत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रियरुपमा फोटो पत्रकारिता गरी हाल निवृत्त भएका अग्रज मध्येबाट एक जनालाई प्रदान गरिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार