Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको तत्काल रिहाइ गर्न माग गरेको छ । चौधरी रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।
सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्ममा बिना शर्त चौधरीको रिहाइ हुनुपर्ने बताए ।
उनले माग पुरा नभए प्रदेशसभाको बैठक अवरोध गर्ने चेतावनी दिएका छन् । ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो । तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ, चौधरीले भने, ‘७ वर्षसम्म सरकारले निकास दिन सकेको छैन ।
डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरुलाई बन्दी बनाएर राखिएको छ ।
Discussion about this post