धरान / डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु हुन लागेको १८ औ ललित अम्बर डिपो कपको तयारी पुरा भएको छ ।
मङ्सिर १५ देखि २२ गते सम्म सम्पन्न हुने डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराले प्रतिस्पर्धा गर्नेछ ।
सुनसरी जिल्ला स्तरीय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान बाहिरका ४ विद्यालयले सहभागिता जनाएको छ ।
सहभागी विद्यालयहरूमा धरानबाट आयोजक डिपो, कारमेल स्कुल, नेपाल पुलिस, एकुवा सेकेण्डरी, माउन्ट हर्मन, दिल्ली पब्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिविकस, मेरिल्यान्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ ।
यसै गरी धरान बाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्डबुद्ध स्कुल रामधुनीवाट सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसै गरी दिल बहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
Discussion about this post