काठमाडौँ : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको छ।
अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले मंगलबार अपराह्न बैठक बोलाएका छन्।
बैठकमा तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये एक जनालाई आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त गर्ने तयारी गरिएको छ।
समिति गत चैत ११ गते गठन भएको थियो र दुई पटक पुनर्गठन भइसकेको छ।
यसमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र आर्थिक विज्ञ पोषराज पाण्डे सदस्य छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटपछि पौडेलले बैठक आह्वान गरेका हुन्, जसले नियुक्तिको राजनीतिक सन्तुलनलाई इंगित गर्छ।
प्रतिक्रिया