राप्रपाले पनि गृहमन्त्री लेखकको राजीनामा माग्ने, बोलायो दलको बैठक

मंगलबार, १३ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसामा विवादित गृह मन्त्री रमेश लेखकको राजीनामा माग्ने भएको छ।

जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृह मन्त्री लेखकको राजीनामा माग्ने भएको हो ।

मङ्गलवार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए।

सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार