काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो ।
१० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो ।
भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ ।
काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ।
यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।
प्रतिक्रिया