लायन्स पाथीभराको आयोजनामा निःशुल्क आँखा शिविर, १३१ जनामध्ये ३१ जनामा मोतिबिन्दु

मंगलबार, १३ जेठ २०८२

विराटनगर : लायन्स क्लब अफ विराटनगर पाथीभराले विराटनगर–११, दारैयास्थित पाथिभारा जनता लर्निङ सेन्टरमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा १३१ जनाले सेवा प्राप्त गरेका छन्। एकदिने यस शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको दृष्टि परीक्षण गरिएको थियो।

शिविरमा १५ वर्षमुनिका ३८ जना बालबालिकाको दृष्टि परीक्षण गरिएको थियो भने २० वर्षभन्दा माथिका ९३ जना वयस्कको पनि विस्तृत परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३१ जनामा मोतिबिन्दुको समस्या पत्ता लागेको छ। ती सबैको निःशुल्क शल्यक्रिया यही मङ्गलबार बिराटनगर आँखा अस्पताल, रानीमा गरिने कार्यक्रम तय भएको छ।

शिविरमा बिराटनगर आँखा अस्पतालको विशेषज्ञ चिकित्सकहरूको टोलीले परीक्षण तथा परामर्श सेवा दिएको थियो भने फार्मानिल फार्मेसी प्रालिले औषधिको निःशुल्क व्यवस्था मिलाएको थियो।

WhatsApp Image 2025-05-27 at 10.32.52 AM

कार्यक्रम सफल बनाउन क्लबका पूर्व अध्यक्ष एकता थापा, लियोका निवर्तमान अध्यक्ष अमन कर्ण, लियो अझर अन्सारी, निवर्तमान डिस्ट्रीक्ट गभर्नर लायन विजय हरि शर्मा, लायन अनिल शर्मा र राज क्षेत्रीको सक्रिय भूमिका रहेको थियो।

लायन्स क्लब अफ विराटनगर पाथीभराकी अध्यक्ष आश्मा चालिसे खनालले समुदायको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित भएको बताउँदै यस्ता सेवा कार्यक्रमहरू आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले भनिन्, “हामीले सोचेभन्दा बढी सेवाग्राहीको सहभागिता रह्यो, जसले हाम्रो सामाजिक उत्तरदायित्वको अभियानलाई थप बलियो बनाएको छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार