अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

मंगलबार, १३ जेठ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।

 शीतल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा ब्रिफिङ गरेका हुन । 

 सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । 

सोही बजेटका बारेमा मन्त्री पौडेलले मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार