नेपालमा एकै दिन तीन भूकम्पका धक्का : कास्की र बझाङ केन्द्रबिन्दु

बुधबार, १४ जेठ २०८२

काठमाण्डौ: आज नेपालमा एकै दिन तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्की र बझाङ जिल्लामा फरक-फरक समयमा ती भूकम्प गएका हुन्।

बिहान ११:५६ बजे कास्कीको फूलिबाङ आसपास क्षेत्रलाई केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो १२:५० बजे कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

यसै दिन साँझ ६:२७ बजे बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

तीनै भूकम्प मध्यम परिमाणका भए पनि हालसम्म जनधनको क्षतिको विवरण आएको छैन। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार