निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने सरकारको घोषणा

विहीबार, १५ जेठ २०८२

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै वैकल्पिक विकास वित्तमार्फत परियोजनाका लागि आवश्यक स्रोत जुटाइने जानकारी दिए।

उनले भद्रपुर विमानस्थल र टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा सुर्खेतमा नयाँ विमानस्थल निर्माणको घोषणा पनि गरे।

सरकारले उडान चाप कम भएका विमानस्थलहरूको वैकल्पिक प्रयोगलाई प्राथमिकतामा राख्ने नीति बजेटमार्फत ल्याउने भएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार