होटेलमा खाजा खान गएका युवकको रहस्यमय मृत्यु

शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ : ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु भएको छ।

जेठ १४ गते मध्यान्ह, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो। उनी नखिपोटस्थित लोहाचोकमा बस्दै आएका दिलबहादुर आलेको खाजा घरमा प्रवेश गरी टेबुलमा बसेका थिए। तर केहीबेरमै त्यहीं बसिरहेको अवस्थामा उनी अचेत भइ ढलेका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार, घटनास्थलमै अचेत भएका मगरको मृत्यु भएको पुष्टि भएको छ। घटनालाई शंकास्पद मान्दै प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ।

मगरको शव अहिले पाटन अस्पतालमा पोस्टमार्टम भइरहेको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारणबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार