राजावादी समूहले आज कुनै प्रदर्शन नगर्ने

सोमबार, १९ जेठ २०८२

काठमाडौं : राजावादी समूहले कुनै प्रदर्शन नगर्ने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमवार जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिएको उल्लेख छ ।

विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने समितिको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार