काठमाडौँ । विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलको उपाधि जितेपछि आफ्ना फ्यानहरूलाई सन्देश दिएका छन्। उनले फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो १८ वर्षको सपना पुरा भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन : 'यस टोलीले यो सपना साकार पार्यो, एउटा सिजन जुन म कहिल्यै बिर्सने छैन ।' विराटले यो जित आफूहरूको १८ वर्षको कठिन यात्रामा साथ नछोडेका फ्यानहरूप्रति समर्पित गरेका छन् । उनले लेखेका छन् 'यो जित ती सबै आरसीबी फ्यानहरूको लागि हो जसले हामीलाई सबैभन्दा कठिन समयमा पनि छोडेनन् । यो जित ती सबै वर्षहरूको निराशा र टुटेको हृदयको लागि हो।'
विराटले आईपीएल जितेपछि यो ट्रफीको लागि १८ वर्षको लामो प्रतीक्षा लायक भएको बताएका छन्।मङ्गलवार राति सम्पन्न आइपिएलको फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
प्रतिक्रिया