काठमाडौँ । बुधवार चिन्नास्वामी रङ्गशाला बाहिर भएको भाग दौडको सम्बन्धमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कार्यक्रम व्यवस्थापन फर्म डिएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरू पक्राउ परेका छन् ।
भाग दौडमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डिएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनिल म्याथ्यू र किरण कुमार रहेका छन् ।
उनीहरूलाई बैंगलुरुस्थित कुबोन प्रहरी स्टेसनमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ ।कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले राज्यका डीजीपी र आइजिपीलाई आरसीबी र डिएनए कार्यक्रम प्रबन्धकहरू र कर्नाटक राज्य क्रिकेट सङ्घ (केएससीए) का प्रतिनिधिहरूलाई भाग दौडको सम्बन्धमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएका थिए ।
प्रहरीले बिहीबार नै आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डिएनए इन्टरटेनमेन्टविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया