संसद्को अवरोध चाँडै हट्ने छ –सञ्चारमन्त्री गुरुङ्ग

शुक्रबार, २३ जेठ २०८२

 

 

विराटनगर – सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी समेत दिएका छन् । 

साथै उनले गृह मन्त्री लेखकको सन्दर्भमा कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने  विषय तर्कसङ्गत नभएको भन्दै प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी समेत गरेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार