गाँजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

शुक्रबार, २३ जेठ २०८२

गाँजा। गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।

गाँजाको सरकारी मिडिया कार्यालयले गाँजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्याङ्क सार्वजनिक गरेको हो ।गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।

३१ मे २०२५ मा इजरायलले गाँजाका बारेमा दुनियाँलाई सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार