विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन यही अधिवेशनमै पारित हुन्छ : मन्त्री गुरुङ

शुक्रबार, २३ जेठ २०८२

विराटनगर : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन चालु आर्थिक वर्षकै बजेट अधिवेशनमा पारित हुने दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतीक्षित रहेका यी दुई विधेयक यसै अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे।

राजनीतिक मुद्दाबारे प्रतिक्रिया दिंदै उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा नियमित प्रक्रिया अनुसार अगाडि बढेको स्पष्ट पारे।

त्यस्तै, गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबारे विपक्षी दलको धारणा अस्वीकार गर्दै मन्त्री गुरुङले त्यो राजनीतिक प्रतिसोधको भावना प्रेरित भएको टिप्पणी गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार