युवा नेताहरूको आक्रोश : अध्यक्ष नेपाललाई फसाइयो, ०४६ पछिका सबै निर्णय छानबिन होस्

शनिबार, २४ जेठ २०८२

 

काठमाडौँ । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भई सांसद पद निलम्बनमा परेपछि पार्टीको भावी नेतृत्वमाथि बहस सुरु भएको छ । नेपालको अध्यक्ष पदका सवालमा पार्टीभित्र मन्थन सुरु भएको छ ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेका थियो  ।

नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको अर्थात् मन्त्रिपरिषद्को निर्णयमाथि पनि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलो पटक हो ।

यसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यता सम्मानित नेता झालनाथ खनाल पक्षले आगामी नेतृत्वबारे छलफल सुरु गरेको छ । खनालले विभिन्न सञ्चार माध्यममा सार्वजनिक रूपमै अभिव्यक्ति, दिएर नेपालको ‘नैतिकता’को प्रश्न उठाएका छन् ।

अदालतले नेपाललाई सफाइ दिनुपर्ने बताएका खनालले नैतिकताको प्रश्नको जवाफ सम्बन्धित व्यक्तिबाटै आउनुपर्ने धारणा राखेका छन् । खनालको यस्तो अभिव्यक्तिले पार्टीभित्रै मतभेद देखिन थालेको छ ।

तर नेता नेपाल निकट युवा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वाग्रही र प्रतिशोधपूर्ण सोचको उपज भएको प्रतिक्रिया दिएका छन् ।

पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एकीकृत समाजवादी पार्टी निर्माण भएदेखि नै केपी ओलीले विभिन्न खाले षडयन्त्र गरेर पार्टीलाई सिद्ध्याउने गरी अघि बढेको आरोप लगाए । ओलीले सत्ताको आडमा षडयन्त्र रचेका कारण मुद्दा दायर भएको उनको दाबी छ । उक्त प्रकरणबारे पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

मन्त्रिपरिषद्को कार्यालयले जुन नीतिगत  निर्णय गर्छ, त्यो अख्तियार अनुसन्धान आयोगको क्षेत्राधिकार नपर्ने बताए ।

विगतका मान्यताहरूलाई बेवास्ता गर्दै जबरजस्ती ढङ्गले राजनीतिक प्रतिशोध बाँध्नका लागि ओलीले राजनीतिक पूर्वाग्रह र षडयन्त्र रचेको समेत पुष्टि गरे ।

यदि छानबिन नै गर्ने हो भने ओलीको कार्यकालमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको छ । गिरीबन्धु टि स्टेटको जग्गा दुरुपयोगबारे अख्तियार किन बोल्न सक्दैन ?,’उनको प्रश्न थियो ।

उनले ४६ सालपछिका सबै मन्त्रिपरिषद्का निर्णयबारे छानबिन हुनुपर्ने माग गरे । उनले छानबिन समिति अलि उच्च स्थरको बनाउनु पर्नेमा ठूला दलका नेता कार्यकर्ताले नै हिच्किचाउने गरेको र रामदेवलाई  छानबिन गर्न नसकेको भन्ने कुरामा सत्ता पक्ष नै यसको दोषी रहेको बताए  ।

उनले भने ‘हाम्रो पार्टी जुन बेला स्थापना भयो त्यति बेलादेखि नै  ओलीले हाम्रो पार्टीलाई समाप्त गर्नका लागि विभिन्न खालका षडयन्त्र रचिरहेका थिए । अहिले सत्ताको षडयन्त्र रहेचर मुद्दा दायर गरियो । यो एउटा ठुलो षडयन्त्र हो । राजनीतिक पूर्वाग्रह हो । यसलाई हामी प्रतिकार गर्छौ । कानुनलाई सम्मान गर्छौ तर कानुनी शासनको सधैँ पक्षपाती हौँ,’अगाडि भने,‘त्यसैले यी सबै कुरालाई सामना गरेर अगाडि बढ्ने छौ । अख्तियार अनुसन्धान आयोगको क्षेत्राधिकार के हो ? उसको ऐनले के भन्छ ? त्यो कुरा महत्त्वपूर्ण हुन्छ । त्यसैले मन्त्रिपरिषद्को कार्यालयले जुन नीतिगत निर्णय गर्छ, त्यो अख्तियार क्षेत्राधिकार पर्दैन ।’

उनले गिरिबन्धु टी स्टेट जग्गा प्रकरण, गोकर्ण फरेस्ट जग्गा प्रकरण ओलीकै पालामा भएकाले त्यसको छानबिन हुनुपर्ने माग राखे ।  त्यसैले ०४६ साल पछिका मन्त्रिपरिषद्का सबै निर्णय छानबिन हुनुपर्ने र उच्चस्तरको समिति बनाउनुपर्ने उनले माग राखे ।।

त्यस्तै केन्द्रीय सदस्य सङ्गीता पाख्रिनले जीवित रहेका प्रधानमन्त्री मध्य लेखाजोखा गर्ने हो भने माधव कुमार नेपाल जस्तो सफा नियत भएको मान्छे आजसम्म जन्मन नसकेको चर्चा गरिन् ।

उनले नेपाल सांसद पदबाट निलम्बित भएपछि पार्टी अध्यक्ष के हुन्छ भन्दा पनि यो कसैले फसाइएको हो भन्ने बुझन जरुरी रहेको बताइन् ।

उनले सामाजिक सञ्जालदेखि सडकमा चिया पिउने व्यापारीले समेत अध्यक्ष नेपाल निर्दोष रहेको बताउने गरेको जानकारी दिइन् ।

गणतन्त्रका पक्षमा नेपालले आवाज उठाएका कारण उनलाई बारम्बार प्रहार भइरहेको र फसाउन लागेको दाबी गरिन् । उनले एउटै केशमा बारम्बार मुछिएकाहरू सही र गल्ती नै नभएको मानिस मुछिरहेको बताइन् ।  उनले ‘क्लिनचिट’ लिएरै छाड्ने जानकारी दिइन् ।

उनले भनिन् ‘ जीवित रहेका प्रधानमन्त्री मध्य लेखाजोखा गर्ने हो भने माधव कुमार नेपालजस्तो सफा नियत भएको मान्छे आजसम्म जन्मेको छैन । नेपाल सांसद पदबाट निलम्बित भएपछि पार्टी अध्यक्ष के हुन्छ भन्दा पनि यो कसैले फसाइएको हो भन्ने बुझन जरुरी छ ।  सामाजिक सञ्जालदेखि सडकमा चिया पिउने व्यापारीले समेत नेपाल निर्दोष रहेको बताउँछन्,’उनले अगाडि भनिन्,‘प्रधानमन्त्री केपी ओलीले बाल्यकालमा गुच्चा खेलेको व्यक्तिलाई बुढेसकालमा झोकफेर्छ भन्ने कुरा प्रमाणित भएको छ । पार्टी जसरी अगाडि बढ्छ यस्तो षडयन्त्रले केही हुँदैन ।’

 पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनीका रामदेव र आचार्य वालकृष्णलाई छानबिन नगरी नेपाललाई मात्र बारम्बार प्रहार भइरहेको उल्लेख गर्दै षडयन्त्रपूर्वक रूपमा पार्टी कार्यालय र घर नै जलाउने गरेको प्रसङ्ग उनले उठाइन् ।

‘एउटै केसमा बारम्बार मुछिएकाहरू छुट्टिएका छन् तर गल्ती नै नभएको मानिस मुछिरहेको छ । यसबारे बसेर छलफल गर्ने छौँ । क्लिनचिट लिन समय लाग्ला तर लिएरै छाड्छौ । नेपाललाई प्रतिशोधपूर्ण फसाउने प्रयास भएको छ ।’

नेता नेपाललाई मुद्दा दर्ता भएपछि कानुनी परामर्श पनि नेताहरूले लिइरहेका छन् । पार्टी कार्यालय आलोकनगर र नेता नेपालको घर कोटेश्वरमा कार्यकर्ताहरूको भीड बढेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार