काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको बयानबाजीको असर टेस्लाको शेयरमा परेको छ ।
ट्रम्प र मस्कको सामाजिक सञ्जालमा भएको बयानबाजीपछि टेस्लाको शेयरमा ठुलो गिरावट आएको हो । बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घटेको छ, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलरको घाटा भएको छ ।
विज्ञहरूका अनुसार, यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो ।मस्क ट्रम्प प्रशासनको सरकारी दक्षता विभागबाट बाहिरिएपछि उनीसँग भिड्ने मुडमा देखिएका छन् र ट्रम्पविरुद्ध एक पछि अर्को आरोप लगाउँदै आएका छन् ।अर्कोतर्फ ट्रम्पले पनि मस्क विरुद्ध कडा कदम चाल्ने सङ्केत दिएका छन् ।
ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सको सरकारसँगको सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।यो विवाद ट्रम्पले ल्याएको व्यापारसम्बन्धी विधेयकमाथि मस्कले कडा आलोचना गरेपछि सुरु भएको थियो ।
नीतिगत असमझदारीबाट सुरु भएको ट्रम्प र मस्कको विवाद अब व्यक्तिगत रूपमा आएको छ र यसले दुवैलाई आगामी दिनमा थप क्षति पुर्याउने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया