इटहरी : नेपाल शिक्षक संघ सुनसरीको दोस्रो प्रतिनिधिसभा शनिबार इनरुवामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला सचिव रोवनराज कार्कीले वर्षभरिका गतिविधि र आगामी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै, आर्थिक सचिव कासीराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल थिए। कार्यक्रममा धरान नगर अधिवेशन नहुनुका कारण हाल आशबहादुर राईको नेतृत्वमा रहेको पुरानै समितिलाई अर्को अधिवेशनसम्म काम गर्न दिने निर्णय गरिएको जानकारी दिइयो।
सुनसरी जिल्लाका सबै १२ पालिकाबाट प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरीका अध्यक्ष प्रमोद भट्टराई, शिक्षक संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, अर्थ महासचिव इन्दिरा कट्वाललगायतले मन्तव्य राखेका थिए। कार्यक्रम शिक्षक संघ सुनसरीका अध्यक्ष वेणुप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिक्रिया