विराटनगरमा स्थानीय तहका उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न, २० बुँदे घोषणापत्र जारी

शनिबार, २४ जेठ २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनमा देशभरका उपप्रमुख–उपाध्यक्षको सहभागिता थियो।

घोषणापत्रमार्फत उपप्रमुख–उपाध्यक्षहरूले संविधानले प्रत्यायोजन गरेका अधिकारहरूको सुनिश्चितता, न्यायिक समितिको प्रभावकारी कार्यान्वयन, स्थानीय तहको राजस्व अधिकार संरक्षण, योजनाको छनोटमा स्थानीय सहभागिता, र संघीयता सुदृढीकरणमा जोड दिएका छन्।

उनीहरूले न्यायिक समितिका निर्णय अभिलेखीकरणका लागि प्रदेशस्तरीय सफ्टवेयर, कानुन संशोधन, बहाल कर संकलन अधिकार स्थानीय तहलाई दिने, र वित्तीय समानीकरणको अनुदान वृद्धि गर्न संघीय सरकारसँग माग गरेका छन्।

सम्मेलनको आयोजना विराटनगर महानगरपालिकाले गरेको थियो। सहभागीहरूले उपप्रमुख–उपाध्यक्षको भूमिकालाई अझ सशक्त बनाउँदै संघीयतालाई मजबुत बनाउन प्रतिबद्धता जनाएका छन्।
WhatsApp Image 2025-06-07 at 6.43.20 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार