पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : डा. महत

शनिबार, २४ जेठ २०८२

रुपन्देही : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको आत्मनिन्दा, गुटबन्दी र संगठन कमजोर भएका कारण कांग्रेस कमजोर हुँदै गएको बताएका छन्। कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनमा उनले देश, जनता र पार्टीलाई प्राथमिकता नदिइयो भने पार्टी अझ कमजोर हुने चेतावनी दिए।

डा. महतले पार्टीभित्रको नकारात्मक आलोचना र संगठनात्मक कमजोरीलाई कांग्रेसको मुख्य समस्या ठहराउँदै सुधारको आवश्यक्ता औँल्याए। उनले सम्पर्क समितिको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी रूपमा चलाउन नसकिएको बताए र समावेशी नेतृत्व आवश्यक रहेको बताए।

उनले कांग्रेसका नेताहरूले पार्टीको आलोचना गर्नुले जनतामा गलत सन्देश जाने हुँदा त्यो आत्मघाती रहेको बताए। विपरीत, एमाले र माओवादीले आफ्ना कार्यकर्तालाई आत्मविश्वासका साथ समर्थन गर्ने उदाहरण प्रस्तुत गरे।

नीति र सिद्धान्तमा कांग्रेस बलियो भए पनि संगठन कमजोर रहेको र ‘पपुलिजम’मा रमाउने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उनले बताए। सत्ता एक्लै पाउन नसकिने भएकाले गठबन्धन अपरिहार्य भएको भन्दै गठबन्धनमा समझदारी आवश्यक रहेको बताए।

डा. महतले अनुशासन र नेतृत्वमा सुधार आवश्यक रहेको भन्दै पार्टीलाई कडा अनुशासन र लक्ष्यमा आधारित बनाउनु पर्ने सुझाव दिए। नयाँ पुस्तामा ‘पार्टीबाट के पाइन्छ’ भन्ने सोच बढी भएको प्रति चिन्ता व्यक्त गर्दै गुटबन्दी छाडेर साझा मूल्यमा आधारित संगठन निर्माणको आह्वान गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार