ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा 'माइला' लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।
सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रूपमा ल्याइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको 'माईला' र पुजालाई ललितपुर ल्याउने तयारी हुँदा पोथी गैँडा 'पूजा' भने फुत्किएको थियो ।
'पूजा' लाई पनि केही दिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।
प्रतिक्रिया